आर्थिक
घट्यो सुनको भाउ
२०७९ जेठ २७ गते १३:२१
२७ जेठ २०७९ काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार ७०० तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २६५ कायम रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया