आर्थिक

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

हिमालय टिभी
२०७९ जेठ २७ गते ९:०१
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

२७ जेठ २०७९ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, मट्टितेल र डिजेलको मूल्य बढाएको हो । पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टीतेल र डिजलमा प्रतिलिटर १२–१२ रुपैयाँले वृद्धि भएको छ । अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ ।

एलपी ग्याँस तथा हवाई इन्धनको मूल्य भने यथावत छ । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ १ पैसा घाटा रहेको निगमको भनाइ छ ।

मट्टीतेलमा भने प्रतिलिटर १७ रुपैयाँ १ पैसा नाफा छ । यसअघि सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य फेरि बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्य वृद्धि भएको तथा इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *