Main News

बञ्चरेडाँडामा फोहर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन

हिमालय टिभी
२०७९ जेठ २४ गते १७:४८
बञ्चरेडाँडामा फोहर फाल्न अवरोध गरेपछि प्रहरी परिचालन

२४ जेठ २०७९ काठमाडौं । काठमाडौं उपत्यकाको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा पुगेका सवारी साधनलाई स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको छ ।

ठूलो संख्यामा पुगेका सुरक्षाकर्मीले फोहर बोकेका गाडी रोक्ने केही स्थानीयलाई नियन्त्रणमा समेत लिएको छ। स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको हो ।

हिजो साँझ फोहर फाल्ने सहमति भएपछि आज फोहर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ(ठाउँमा रोकेका थिए ।

सरकार र फोहर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै केही स्थानीयले बन्चरेडाँडामा फोहर फाल्न रोक लगाएका हुन् ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच आजबाट काठमाडौंको फोहर बिसर्जन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *