बर्दियामा प्रहरीको गोली लागेर युवतीको मृत्यु स्थानीय आन्दोलित
२४ जेठ २०७९ बर्दिया । प्रहरीको गोली लागेर एक युवतीको मृत्यु भएको विरोधमा बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ छोट्की सोनाहामा दोस्रो दिन आज पनि स्थानीय प्रदर्शन जारी राखेका छन ।
गोली चलाउन आदेश दिने प्रहरीलाई कारवाही गर्नुपर्ने मागसहित प्रदर्शनकारीले गुलरिया–राजापुर सडकखण्ड अन्तर्गतको ओलारी बजारमा आन्दोलन जारी राखेका हुन् ।
क्षतिपूर्ती र घाइतेहरुको उपचार गर्नुपर्ने उनीहरुको माग छ । वन्यजन्तुको आक्रमण बढेको भन्दै बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग राख्दै स्थानीय हिजो बिहान ११ बजेबाट आन्दोलनमा थिए ।
साँझ ५ बजे प्रदर्शणलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर विद्यालयबाट फर्किँदै गरेकी मधुवन नगरपालिका वडा नम्बर २ की १८ वर्षीया नविना थारुको मृत्यु भएको थियो ।
प्रतिक्रिया