आर्थिक

कालीगण्डकीको बिजुली भारत निर्यात शुरु

हिमालय टिभी
२०७९ जेठ २२ गते ८:२०
कालीगण्डकीको बिजुली भारत निर्यात शुरु

२२ जेठ २०७९ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात शुरु गरेको छ ।

१ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी विद्युतगृहबाट गएरातिबाट निर्यात शुरु गरिएको हो । प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज आइएक्समा बिहीबारबाट त्रिशूली र देवीघाट विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ।

कालीगण्डकीको पनि शुरु भएसँगै प्राधिकरणले १७७ दशमलब ७ मेगावाट विद्युत भारत निर्यात गरिरहेको छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३ दशमलब २ मेगावाट र देवीघाटको १४ दशमलब ५ मेगावाट विद्युत भारत निर्यात हुने भएको हो।

नदीहरुमा पानीको बहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

गएरातिबाट निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११ रुपैया २ पैसा रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *