आर्थिक

एनआईसी एशिया बैंकले फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १८ गते १७:४९
एनआईसी एशिया बैंकले फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएको छ ।

काठमाडौमा पत्रकार सम्मेलन गर्दै भोलिदेखि जेठ २४ गतेसम्म प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो ।

निष्काशन गरिने कूल इकाई मध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको संख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख सर्वसाधरणलाई बिक्री गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिनुभयो ।

फण्डमा न्यूनतम १०० देखि एक करोडसम्म आवेदन दिन सकिने छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ।

फण्ड लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *