आर्थिक

बजेट खर्च नै गर्न नसके पनि चालू वर्षकोभन्दा बढी नै बजेट माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १४ गते २०:२१
बजेट खर्च नै गर्न नसके पनि चालू वर्षकोभन्दा बढी नै बजेट माग (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । चालू आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा समग्र बजेट खर्च ६० प्रतिशतको हाराहारीमा मात्र छ । पूँजीगत बजेट खर्चको अवस्था त निकै न्यून छ ।

बजेट खर्च नै गर्न नसकेका सबै जसो मन्त्रालयले आगामी वर्षका लागि चालू वर्षकोभन्दा बढी नै बजेट माग गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०७९–८० को बजेटलाई अन्तिम रुप दिइसकेको छ । विभिन्न मन्त्रालयहरुबाट माग गरेको बजेटको आधारमा राष्ट्रिय योजना आयोगले १७ खर्बभन्दा बढीको सिलिङ दिएको छ ।

अर्थ मन्त्रालयले सोही अनुरुप बजेट निर्माण गरेको छ । आगामी आर्थिक वर्षका लागि कुन मन्त्रालयबाट कति बजेट माग गरिएको छ ।

–गृह मन्त्रालय १ खर्ब ६० अर्ब रूपैयाँ
–भौतिक पूर्वाधार तथा योजना १ खर्ब ६५ अर्ब रूपैयाँ
–ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय १ खर्ब १२ अर्ब रूपैयाँ
–अर्थ मन्त्रालय ४८ अर्ब ७८ करोड रूपैयाँ
–शिक्षा मन्त्रालय ५८ अर्ब ८३ करोड रूपैयाँ
–रक्षा मन्त्रालय ५५ अर्ब ५० करोड रूपैयाँ
–कृषि तथा पशुपन्छी मन्त्रालय ४२ अर्ब रूपैयाँ
–सहरी विकास मन्त्रालय ३९ अर्ब रूपैयाँ
–खानेपानी मन्त्रालयका लागि ३७ अर्ब ७२ करोड रूपैयाँ
–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ३२ अर्ब ५० करोड रूपैयाँ
–वन तथा वातावरण मन्त्रालय १३ अर्ब ५६ करोड रूपैयाँ
–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ९ अर्ब १० करोड रूपैयाँ
–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ८ अर्ब ८१ करोड रूपैयाँ
–सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ८ अर्ब ५० करोड रूपैयाँ
–भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय ७ अर्ब २४ करोड रूपैयाँ
–युवा तथा खेलकुद मन्त्रालय २ अर्ब १४ करोड रूपैयाँ
–परराष्ट्र मन्त्रालय ६ अर्ब ८४ करोड रूपैयाँ
–महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय १ अर्ब ४५ करोड रूपैयाँ
–कानून मन्त्रालयले ५० करोड रुपैयाँ बजेट माग गरिएको छ ।
तर यी मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट खर्च गर्नै सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *