पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने सरकारको निर्णय
१३ जेठ २०७९ काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकबाट पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर उपभोक्तालाई राहत दिने निर्णय भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जेठ १० गतेको मन्त्रिपरिषद् बैठकबाट कर घटाउन सैद्धान्तिक सहमति दिएको जानकारी दिनुभयो ।
उहाँले संसदमा बोल्दै मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएर अर्थमन्त्रालयलाई कार्यान्वयनका लागि जिम्मा दिएको जानकारी दिनुभयो । अर्थले हिसाबकिताब गरेर कार्यान्वयनमा ल्याउने बताइएको छ ।
पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडाले पूर्वाधार कर प्रतिलिटर ५ र भन्सार दर १० रुपैयाँ बढाएका थिए। अहिले पूर्वाधार कर लिटरमा १० रुपैयाँ लिईदै आइएको छ।
पूर्वाधार कर लिटरमा ५ र भन्सार ५ रुपैयाँ घटाउने गरि प्रक्रिया अगाडि बढाइनेछ। सरकारले पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अनुसार मूल्य समायोजन गर्दै आएको थियो।
पछिल्लो दुई सातामा पेट्रोल, डिजल, मट्टितेल लिटरमा १० रुपैयाँ बढाएको थियो। अहिले पेट्रोल लिटरको १ सय ८० र डिजल तथा मट्टितेल लिटरको १ सय ६३ रुपैयाँ छ।
प्रतिक्रिया