सरकारको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठसहित)
१० जेठ २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थीक वर्ष २०७९र ८० को नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्नुभएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा दुई पटक संसद विघटन सदर गरेकी राष्ट्रपति भण्डारी संसद पुनर्स्थापनापछि आज संसदमा पहिलो पटक नीति तथा कार्यक्रम पेश गर्न पुग्नुभएको हो ।
६५ पृष्ठ लामो नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रुपमा परिचालन गरिने योजना अघि सारिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधार बलियो बनाइने भएको छ।
सरकारले संसद्मा विचाराधिन नागरिकता विधेयकलाई प्रक्रियामार्फत टुंगोमा पुर्याउने कुरा नीति तथा कार्यक्रममा नै समावेश गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नागरिकता विधेयक टुंगोमा पुर्याइने उल्लेख गरिएको छ ।
राष्ट्रिय परिचयपत्रलाई पनि तदारुकताका साथ वितरण गरिने नीति सरकारले लिएको छ । नागरिकता विधेयक २०७५ साउनदेखि संसद्मा विचाराधिन रहेको छ । उक्त विधेयक तत्कालीन ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको थियो । तर‚ पाँच वर्ष पुग्न लाग्दा पनि संसद्मा दर्ता भएको विधेयक टुंगोमा पुग्न सकेको छैन ।
राजनीतिक दलहरूबीच विवाद रहेकाले उक्त विधेयक टुंगो लाग्न नसकेको बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नीति तथा कार्यक्रममा नै राखेको छ । सरकारले नीति तथा कायृक्रम संसदबाट पारित भएपछि जेठ १५ गते बजेट ल्याउनेछ । संविधानमै जेठ १५ मा बजेट ल्याउनैपर्ने बाध्यकारी व्यवस्था छ ।
प्रतिक्रिया