आर्थिक

वैदेशिक मुद्रा बचाउन आयातमा प्रतिबन्ध लगाउँदा राजस्व संकट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २५ गते २१:०५
वैदेशिक मुद्रा बचाउन आयातमा प्रतिबन्ध लगाउँदा राजस्व संकट (भिडियो रिपोर्टसहित)

२५ वैशाख २०७९ काठमाडौं । आयातको ग्राफ उच्च हुँदै गएपछि सरकारले आयातमा प्रतिबन्ध लगाएको छ। यसले बजारमा सामग्रीको अभाव त भएको छ नै सरकारले करिब १ खर्ब रुपैयाँ बराबरको राजस्व समेत गुमाउने देखिन्छ । निजी क्षेत्रले आयातमा लगाइएको प्रतिबन्धको समीक्षा गर्न सरकारलाई सुझाएका छन् ।

नेपाली अर्थतन्त्रमा देखिएको समस्या अझै समाधान हुन सकेको छैन । उच्च व्यापार घाटाले विदेशी मुद्राको सञ्चितिमा दबाब पर्दा भुक्तानी सन्तुलन खल्बलिएको छ । विशेषगरी बाह्य क्षेत्रमाथिको दबाब बढ्दै गएपछि सरकारले आयात निरुत्साहनको नीति लिएको छ । तर यसको नकारात्मक असर राजस्वदेखि उपभोक्ता मूल्यसम्ममा देखिन थालेको छ । यसकारण निजी क्षेत्रले आयात प्रतिबन्धले पारेको प्रभाववारे समीक्षा गर्न सरकारलाई सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकले १३ सयभन्दा बढी बस्तुको आयातमा परिणात्मक बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि केही दिन अघि कुरकुरे, मोवाइल, तास लगायतका १० वस्तु आयातमा कडाइ गरेको छ । तर विज्ञले भने आयातलाई प्रतिबन्धभन्दा पनि व्यावहारिक ढंगले नै निरुत्साहन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालको अर्थतन्त्र आयातमुखी राजस्वमा निर्भर छ । तसर्थ आयात प्रभावित हुँदा ठूलो असर राजस्वमै पर्नेछ । यो यथार्थलाई राम्ररी बुझेको सरकारले भने आयात निरुत्साहनलाई तत्कालीन संकटबाट बच्ने बाध्यात्मक उपाय ठानेको छ ।

सरकारले गाडी तथा पार्टपुर्जाको आयातबाट गत फागुन मसान्तसम्म करिब ४२ अर्ब राजस्व संकलन गरेको छ । यसबाहेक सरकारले आयात प्रतिबन्ध गरेका अन्य वस्तुहरूको पनि राजस्व जोड्ने हो भने गत आठ महिनामा करिब ५० अर्ब राजस्व संकलन भएको छ । यो रकम एक वर्षमा करिब १ खर्ब पुग्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *