आर्थिक

शेयर बजारमा लगानीकर्ताले गुमाए १३ खर्बभन्दा बढी (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २४ गते २०:४०
शेयर बजारमा लगानीकर्ताले गुमाए १३ खर्बभन्दा बढी (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७९ काठमाडौं । गत वर्षको भदौमा हालसम्मकै उच्च ३१ सय ९८ विन्दुमा पुगेको शेयर बजार परिसूचक (नेप्से) अहिले २२ सय ३८ मा झरेको छ। आठ महिनामा परिसूचक नौ सय ५७ अंकले घटिसकेको छ भने लगानीकर्ताले १३ खर्बभन्दा बढी गुमाइसकेका छन् ।

यो साता शेयर बजार परिसूचक नेप्से ११८ अंकले घट्यो । गत साता २३ सय ५६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २२ सय ३८ विन्दुमा झरेको छ । नेप्सेका अनुसार यो विन्दु २०७७ पुसयताकै न्यून विन्दु हो ।

गत भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१ सय ९८ अंक विन्दुमा थियो । त्यतिबेला बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । अहिले त्यो घटेर ३१ खर्ब ६४ अर्बमा रुपैयाँमा झरेको छ । बजार यसरी घट्नुमा तरलता अभाव र बैंकको ब्याजदर वृद्धिलाई प्रमुख कारण मानिन्छ ।

बजार घट्नु र बढ्नु सामान्य नै हो । लगानीकर्ताको मनोविज्ञान, बजार प्रभाव र भविष्यको चित्रले नै बजारलाई आकार दिने हो । तर, बजार अचनाक धेरै बढ्ने, अचानक धेरै घट्ने कुरा सम्वेदनशील मानिन्छ ।

पछिल्लो समय बजार बढ्दा एकैपटक ठूलो अंकमा बढ्ने र घट्दा एकैपटक दुर्घटना भएकै शैलीमा घट्ने अवस्था बारम्बार देखिएको छ । यसले बजार तत्काल बढ्ने सम्भावना देखिदैन् ।

उच्च, मध्य र निम्न सबै वर्गको बजारमा आकर्षण छ । अहिले ५१ लाख ५० हजार सक्रिय लगानीकर्ता छन् । बढ्दो लगानीकर्ताको संख्यालाई मध्यनजर गर्दै बजारमा नयाँ लगानीको माध्याम ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ । त्यसका लागि नेप्सेलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *