Main News

प्रधानमन्त्री पत्नी आरजु देउवाको यस्तो दयालाग्दो दम्भ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २३ गते २१:१३
प्रधानमन्त्री पत्नी आरजु देउवाको यस्तो दयालाग्दो दम्भ (भिडियो रिपोर्टसहित)

२३ वैशाख २०७९ काठमाडौं । सार्वजनिक पद धारण गर्नेहरुको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने हो, नागरिकप्रति उत्तरदायी व्यवहार हुनुपर्ने हो । तर मन्त्री र महत्वपूर्ण भूमिकामा रहेका नेताहरुको व्यवहार त्यस्तो छैन । उनीहरु देशको ढुकुटी नै आफ्नो पेवा जस्तो ठान्छन् ।

गृहजिल्ला डडेलधुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय सदस्य समेत रहेकी आरजु राणा देउवाले कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाउने बताउनुभयो ।

भारतबाट मनोविज्ञानमा पिएचडी गरेकी र राजनीतिलाई समेत नजिकबाट निकालेकी राणाले देशको अर्थव्यवस्था आफ्नो घरको ढुकुटीझैं गर्दै कांग्रेसले नजितेको स्थानमा बजेट नै नपठाउने बताउनुभयो ।

चुनावमा आफ्नो पक्षमा मत माग्न व्यक्त गरिएको यो अभिव्यक्तिले प्रधानमन्त्री पत्नीको दम्बलाई उजार गर्छ । आफ्ना पति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि राज्यका सबै प्रणाली नै आफू नियन्त्रित हुने भ्रम पालेकी राणाले स्थानीय तहमा केन्द्रबाट जाने बजेट संविधान र कानून अनुसार निर्धारित हुन्छ भन्ने बिर्सनु भएछ की के हो ?

उसो त बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि आफू मुख्यमन्त्री बन्ने बित्तिकै यस्तै दम्भपूर्ण अभिव्यक्ति दिनुभएको थियो । उहाँले पनि एकीकृत समाजवादीको इकाई कमिटी गठन नभएका वडामा बजेट नै नदिने सर्कुलर गरेको बताउनुभयो थियो ।

सार्वजनिक सभा, समारोहमै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री र नेताहरुको शैलीले आमनागरिकमा गलत सन्देश त गएको छ नै राज्य प्रणाली माथि नै प्रश्न चिन्ह खडा गरेको छ । यति मात्र होइन, नागरिकको हित र मुलुकको समृद्धिको जतिनै लामो भाषण गरेपनि उनीहरु कसका लागि को प्रति उत्तरदायी भएर काम गर्छन् भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *