Main News

पूर्वमन्त्री आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

हिमालय टिभी
२०७९ वैशाख २३ गते १६:४९
पूर्वमन्त्री आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

२३ वैशाख २०७९ काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले पनि आलमलाई मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै राख्ने जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको हो। सर्वोच्च अदालतमा न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइपछि आलमलाई थुनामुक्त गर्न नमिल्ने आदेश दिएको हो ।

नेता आलममाथि २०६४ सालमा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको र विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा छ। जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

जिल्लाको आदेशविरुद्ध आलम उच्च अदालत गएका थिए । तर उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि आलमलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए।

आलमलाई पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा राखिएको छ। आलमलाई तीन वटा मुद्दामा ३२ वर्ष कैदको माग गरिएको छ। बम बिस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दा उनीविरुद्ध दर्ता भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *