आर्थिक

कर असुलीबारे हुने द्वन्द्व अन्त्य हुनुपर्छ : अर्थमन्त्री शर्मा

हिमालय टिभी
२०७९ वैशाख १९ गते १७:५९
कर असुलीबारे हुने द्वन्द्व अन्त्य हुनुपर्छ : अर्थमन्त्री शर्मा

१९ वैशाख २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय र निजी क्षेत्रबीच कर बढाउन र घटाउन हुने द्वन्द्वको तत्काल अन्त्य गरेर करको विषयलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको रहेकाले अर्थमन्त्रालय निजी क्षेत्रकै पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले करको दर होइन दायरा बढ्ने सरकारको नीति रहेको बताउनुभयो । उहाँले सरकारले यो वर्षको बजेटमा करको दरभन्दा पनि दायरा बढाउने योजना रहेको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई कुनै पनि बहानामा हतोत्साही बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले उत्पादनमूलक उद्योग विस्तारको अवरोधकारूपमा रहेको कमजोर पूर्वाधार, प्रशासनिक अवरोध, पुँजीको लागतलगायत समस्या समाधानका उपाय बजेटमा खोजी गर्नुपर्ने बताउनुभयो।

सरकारले बजेट निर्माण गर्दा निजी क्षेत्रको मागलाई सम्बोधन नगरे मुलुकको अर्थतन्त्र नै संकटमा पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *