Main News

डब्लुएचओका महानिर्देशक डा टेड्रोस नेपालमा

२०७९ वैशाख ८ गते १७:४३
डब्लुएचओका महानिर्देशक डा टेड्रोस नेपालमा

८ वैशाख २०७९ काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपाल भ्रमणमा आउनुभएको छ ।

डब्लुएचओका महानिर्देशक डा टेड्रोस तीनदिने सद्भावना भ्रमणका क्रममा नेपाल आउनुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभयो ।

आज अपराह्न उहाँ नेपाल आइपुग्नुभएको हो । नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ ।

भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अवलोकन, पाटन माध्यामिक विद्यालय र हनुमानढोका तथा पाटन दरबारको भ्रमण गर्नुहुने छ ।

महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लुएचओका अन्य अधिकारीसमेत आउनुभएको छ । उहाँ नेपालबाट वैशाख १० गते फर्कनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *