Main News
सशस्त्र प्रहरी महानिरीक्षकमा केसी नियुक्त
२०७८ चैत ३० गते १३:०६
३० चैत २०७८ काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसी नियुक्त हुनुभएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुनुभएको थियो ।
नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल हुनुहुन्थ्यो । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबै जना आगामी वैशाख १९ अवकाश पाउनु हुनेछ । त्यसपछि फेरि नयाँ आईजीपी चयन गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया