सेना

अमेरिकी सेनाले यो वर्षको अन्त्यसम्म इराक छाड्ने

१२ साउन २०७८ न्युयोर्क । अमेरिकी सेनाले यस वर्षको अन्त्यसम्म इराक छाड्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् । व्हाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँगको छलफल पछि राष्ट्रपति बाइडेनको यस्तो घोषणा गरेका हुन् । काधिमीले इराकमा कुनै पनि विदेशी सेना...

हेरात प्रान्त पुनः अफगान सेनाको नियन्त्रणमा

९ साउन २०७८ काबुल । अफगानिस्तानमा सरकारी सेनाले पश्चिमी हेरात प्रान्तको कारुख जिल्लामा पुनः आफ्नो नियन्त्रण कायम गरेको छ । सुरक्षा कारबाहीमा १८ जना तालिवान विद्रोही मारिएपछि कारुखमा फेरि सरकारले कब्जा गरेको हो । प्रान्तीय सरकारले विज्ञप्तिमार्फत तालिवानबाट उक्त...

नेपाली सेनाको आठ पृतना आजदेखि खारेज

१ साउन २०७८ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज गरेको छ । उसले चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ । आठ पृतना खारेज गर्दै सेनाले अब कोशी,...

करिब १६ सय बढी अफगान सेना ताजकिस्तानतिर भागे

२२ असार २०७८ काबुल । अफगानिस्तानबाट करिब एक हजार ६ सय सरकारी सेना छिमेकी मुलुक ताजकिस्तान भागेका छन् । तालिवान लडाकुसँगको भीडन्तपछि उनीहरु भागेर ताजकिस्तान पुगेको सरकारी अधिकारीहरुले जनाएका छन । पछिल्लो तीन दिनमा मात्रै तीन पटक अफगानिस्तानी सेना...

सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने तालिवानको माग

२१ असार २०७८ काबुल । तालिवानले अफगानिस्तानबाट सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने जनाएको छ । सेप्टेम्बरमा नेटो आवद्ध सेना फिर्ता भएपछि पनि कुनै विदेशी सेना अफगानिस्तानमा रहे त्यो उनीहरुकै लागि जोखिम हुने तालिवानको भनाइ छ । सेप्टेम्बर...

विपदमा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : सेना

२ असार २०७८ काठमाडौं । नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ ।...

विपद जोखिम न्यूनिकरणमा सेना, प्रहरी र सशस्त्रको यस्तो छ काम (भिडियो रिपोर्टसहित)

१ असार २०७८ काठमाडौं । मनसुन शुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको छ । यो वर्ष बढी वर्षा हुने अनुमान गरिएकाले पनि प्रभावित हुने नागरिकको संख्या बढ्ने अनुमान गरिएको छ । प्रभावित जनतालाई उद्धार, राहत तथा व्यवस्थापनमा अग्रपंक्तिमा खटिने...

सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वबाहिर जाँदैनः सेनापति थापा

२३ जेठ २०७८ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने स्पष्ट पार्नुभएको छ । कार्यकालको एक हजार दिन पुगको अवसरमा जंगी अड्डामा आज पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट...

विवादित क्षेत्रमा इजरायली सेना र प्यालेस्टाइनी विद्रोहीबीच भिडन्त

२९ वैशाख २०७८ इजरायल । विवादित गाजा क्षेत्रमा इजरायली सेना र प्यालेष्टाइन विद्रोहीबीच हवाई भिडन्त जारी छ । गाजास्थित एक भवन इजरायली रकेट हमलामा ध्वस्त भएपछि विद्रोहीले त्यसको प्रतिउत्तरमा थप हवाई हमला जारी राखेको बताएको छ । इजरायली रकेट...

अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने सेनाको तयारी

२२ वैशाख २०७८ काठमाडौं । नेपाली सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने गरी तयारी थालेको छ । देशमा कोरोना संक्रमण बढ्दै जाँदा जनशक्तिको अभाव हुनसक्ने विश्लेषणका साथ सेनाले अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई फिर्ता बोलाउने गरी तयारी थालेको...