Main News

सेना संख्याको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी फेरि विवादमा (भिडियो रिपोर्टसहित)

२०८० साउन ८ गते २०:३२
सेना संख्याको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी फेरि विवादमा (भिडियो रिपोर्टसहित)

८ साउन २०८० काठमाडौं । सेना संख्याको विषयले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा एकपटक फेरि विवादमा तानिएको छ ।

रास्वपा सांसद स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले सेना संख्या घटाउनुपर्ने अभिव्यक्ति दिनुभएको थियो । तर समाजिक सञ्जालमा आलोचना बढेपछि पार्टी सभापति रवि लामिछानेले त आफ्ना सांसदले सेनाको संख्याबारे नबोलेको दाबी गर्नुभएको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सामाजिक संजालले एकाएक चर्चाको शिखरमा पुर्याएको थियो । त्यही सञ्जालमा अहिले पार्टीको एक पछि अर्को विवादले चर्चा पाइरहेको छ ।

सभापति लामिछानेको नागरिकता विवाद, ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ तिरेर सांसद बनेको आरोपपछिको विवाद, सुमना श्रेष्ठको ड्रेसकोड विवाद सामाजिक सञ्जालमा छताछुल्ल भयो ।

अहिले रास्वपा संसाद स्वर्णिम वाग्लेले सेना घटाउनु पर्नेभन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । तर, सभापति लामिछानेले आफ्ना सांसदले सेनाको संख्याबारे बोल्दै नबोलेको भन्दै बचाउ गर्नुभएको छ ।

रास्वपा सांसद स्वर्णिम वाग्लेले सेना तथा कर्मचारीको संख्या घटाउनुपर्नेमा जोडदिनुभएको थियो । सरकारको खर्च कटौतीको प्रस्तावमा सदनमै वाग्लेले सेनासहितको कर्मचारीको घटाउन सुझाव दिनुभयो ।

प्रतिनिधिसभामा मात्रै होइन राष्ट्रियसभामा पनि सेनाको संख्या घटाउनुपर्ने आवाज उठेको छ । विभिन्न राजनीतिक दलका सांसदले सेनाको संख्या कटौतीको प्रस्ताव गरेका छन् ।

विना अध्ययन यस्ता प्रस्ताव आएको भन्दै रास्वपाको सामाजिक सञ्चालमा आलोचना भयो । आमस्तरमा आलोचना भएपछि सभापति लामिछाने बचाउमा उत्रिनुभयो । उहाँले आफ्ना सांसदले सेना घटाउनुपर्ने अभिव्यक्ति नै नदिएको दाबी गर्नुभयो ।

रास्वपाले भनेकै अर्थमा मान्ने हो भन्ने, रास्वपा अझै पनि राजनीति बुझ्ने सिक्ने क्रममै छ । तर नीति निमार्णमा तथ्य हुनुपर्छ । लोकरिझाईंका लागि मात्र जथाभावी बोल्नुहुँदैन । एजेण्डा स्थापित गर्ने हो भने जनतालाई बुझाउन सक्नुपर्छ । संसदमै आफ्ना सांसदले बोलेको कुरालाई होइन भन्दै झुट बोल्ने अधिकार लामिछानेलाई छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *