मापदण्ड

निषेधाज्ञा कुखुलो भए पनि स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

७ असार २०७८ काठमाडौैं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–नाइन्टिन संक्रमणको चक्र अझै नतोडिएकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो गरिए पनि...

राष्ट्रियसभा उपचुनावमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड नाइन्टिन संक्रमणको जोखिम बढिरहेका बेला ६ र १७ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि...

रेम्डिसिभिरमा कालोबजारीः मापदण्ड उल्लङ्घन गर्नेलाई कारवाही

२३ वैशाख २०७८ काठमाडौं । रेम्डिसिभिर औषधि कालोबजारी गरेका अभियोगमा काठमाडौँ टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका–४ का २५ वर्षीय रफिक मियालाई आज प्रहरीले पक्राउ गरेको छ । कोभिड–१९ बाट सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा...

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह

२१ वैशाख २०७८ काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो...

स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने आठ हजारलाई कारवाही

१८ वैशाख २०७८ काठमाडौं । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ ।...

‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन’

१४ वैशाख २०७८ काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही...

आज स्वास्थ्य मापदण्डसहित सेतो मच्छेन्द्रनाथको रथयात्रा

७ वैशाख २०७८ काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।...

यसरी उकालो लाग्यो कोरोनाको ग्राफ, कतै छैन मापदण्ड पालना

२९ चैत २०७७ काठमाडौं । यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै...

कोरोना संक्रमण जोखिम बढेको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भिडभाड हुने काम नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सचेत रहन सबैलाई अपील गरेको हो । पछिल्ला...

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

१ माघ २०७७ काठमाडौं । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले...