काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड पालना नगर्नेमाथि कारबाही गर्ने प्रशासनको चेतावनी
१९ साउन २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाहीको चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आज सूचना जारी गर्दै निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिनु भएको हो ।
सूचनामा महामारीको तेस्रो लहर आउन सक्ने सम्भावना देखिएको भन्दै स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न आग्रह गरिएको छ ।
निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे गराइएको पाइए प्रचलित कानून बमोजिम कडा कारबाही हुने पनि प्रशासनले चेतावनी दिएको छ ।
प्रशासनले काठमाडौं उपत्यकामा कोरोना संक्रमण दरसँगै अस्पतालका भेन्टिलेटर, आइसीयू र आकस्मिक सेवाका बेडमा चाप बढ्दै गएको पनि जनाएको छ। पछिल्लो समय थपिएको निषेधाज्ञा भोलि सकिँदैछ।
प्रतिक्रिया