Main News

कोरोनाविरुद्धको खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १८:४६
कोरोनाविरुद्धको खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । खोप केन्द्रबाट नै कोरोना संक्रमण भइरहेको भन्दै खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् ।

खोप केन्द्रमा खोप लगाउन पुगेकाहरु संक्रमित भई अस्पताल आउनेक्रम बढेकाले सावधानी अपनाउन उनीहरुले सुझाव दिएका हुन् ।

स्वास्थ्य सुरक्षा नअपनाउँदा खोप लगाएको एक हप्ताभित्रै संक्रमित भएर अस्पताल आउने बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनले खोप केन्द्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशिका बनाएको भए पनि नेपालमा त्यसको कार्यान्वयन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *