बुटवल

नेपाल सुपर लिग : बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

२१ वैशाख २०७८ काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाडौँ रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । बुटवल लिगको तेस्रो स्थानमा रहेको छ ।...

बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानी ग्राम निर्माण हुँदै (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ बुटवल । बुटवलमा नेपालकै पहिलो र नमूना ढुवानी ग्राम निर्माण भइरहेको छ । बुटवल उपमहानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा नेपालकै नमूना आयोजनाका रुपमा हेवी लोडका सवारी साधनलाई व्यवस्थित गर्न ढुवानी ग्राम बनाउन थालेको हो । बुटवल उपमहानगरपालिकाको...

बुटवलको जितगढी किल्लामा उत्सव, अंग्रेजलाई पराजित गरेको स्मरण (भिडियो रिपोर्टसहित)

७ वैशाख २०७८ बुटवल । विश्व विजेता अंग्रेजलाई पराजित गरेको बुटवलको जितगढी किल्लामा आज उत्सव मनाइएको छ । २ सय ६ वर्षअघि कर्णेल उजिरसिंह नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई हराएको थियो । त्यसैको स्मरणमा उत्सव मनाइएको हो । बुटवल...

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ पु-याएपछि…

३ वैशाख २०७८ गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा-यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो...

कोरोना संक्रमणबाट बुटवलमा तीन र कैलालीमा एक जनाको मृत्यु

३० चैत २०७७ काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा तीन र कैलालीमा थप एक जनाको मृत्यु भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्यासमेत बढ्न थालेको छ । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको...

कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

३० चैत २०७७ बुटवल । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी(९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको उपचारका...

नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण बेलैमा सक्न निर्देशन (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ काठमाडौं । संसदीय समितिले नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयभित्र सक्ने गरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण बेलैमा सक्न सरकार...

बुटवलको ऐतिहासिक जितगढी किल्लामा युद्ध संग्रहालय बन्ने (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ बुटवल । बुटवलको ऐतिहासिक जितगढी किल्लामा युद्ध संग्रहालय बन्ने भएको छ । यो किल्लामा अंग्रेज र नेपाली फौजबीच विक्रम संवत १८७२ सालमा भिडन्त भएको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सैनिकलाई हराएको थियो...

प्रधानमन्त्रीको ललकारः जनसभा हेर्न बुटवल आऊ (भिडियो रिपोर्टसहित)

१ फागुन २०७७ बुटवल । बुटवलको सभामा ठुलो सहभगिता देखेपछि प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई फेरि ललकार्नु भएको छ । नेकपा विभाजित भएपछि अहिले दुबै समूह शक्ति प्रदर्शनको होडमा छन् । केही दिनको अन्तरमा दुबै समूहले काठमाडौंसहित विभिन्न शहरमा ठुलाठुला...

कडा सुरक्षाबीच बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, शीर्ष नेताहरुले सम्बोधन गर्दै

१ फागुन २०७७ बुटवल । नेकपाको ओली समूहले बुटवलमा अहिले शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको मैदानमा अहिले सभा भइरहेको छ । सभामा ठुलो संख्यामा नागरिक भेला भएका छन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन...