बुटवल-बेलहीया सडकको लोभलाग्दो दृष्य, भित्री सडकको भने यस्तो छ बिजोग (भिडियो रिपोर्टसहित)

२०८० असोज २ गते २०:४४
बुटवल-बेलहीया सडकको लोभलाग्दो दृष्य, भित्री सडकको भने यस्तो छ बिजोग (भिडियो रिपोर्टसहित)

२ असोज २०८० रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको ६ लेनको बुटवल बेलहीया सडकको दृष्य लोभलाग्दो छ । सडकमा बत्ती र लेन छुट्याउने डिभाइडरमा रोपिएका बिरुवा अहिले हुर्किएर सहरको सौन्दर्य बढाइरहेका छन् ।

त्यसमाथि बुद्धको मूर्ति राखेर थप सडकलाई सुन्दर बनाइएको छ । निस्शुल्क वाईफाईले सुनमा सुगन्थ थपिएको छ । तर भित्री सडकको हालत भने खराब छ । यति दयनीय छ की तिलोत्तमाको बाहिरी सौन्दर्यले भित्री सडकलाई गिज्याइरहेको छ ।

बुटवल बेलहिया ६ लेनको सडकको दृष्य हो यो । चिल्ला सडक, सडकको बीचमा हरियाली त्यसमाथि सडक बत्ती । यतिमात्र होइन, यो सडकमा नगरपालिकाले निःशुल्क वाईफाई समेत व्यवस्था गरेको छ । अब यो दृष्य हेर्नुहोस् । त्यही सडकबाट निस्किएका शाखा सडकको दृष्य हो यो ।

६ लेन सडक छोड्ने वित्तिकै सुरु हुन्छ, धुलाम्मे सडक । जताततै खाल्डाखुल्डी । वर्षामा हिलाम्मे र सुख्खा हुँदा धुलाम्मे हुन्छ । कतै नाला बनिरहेको छ त कतै निर्माण सामग्री, माटो थुपारिएको छ । २०७४ सालमा विश्व बैंकको लगानीमा सडकको स्तरोन्नती गर्ने भन्दै लाखौं रकम खर्च गरेर कालोपत्रे उप्काइयो । त्यसपछि सडक बनेन । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको यात्रा नागरिकको नियति बनेको छ ।

यही सडकलाई स्तरोन्नती गर्ने आश्वासनसहित २०७४ मा बासुदेव घिमिरेले चुनाव जित्नुभयो । अहिलेका मेयरले पनि सडक राम्रो बनाउने भन्दै आश्वासन दिनुभएको थियो । तर, निर्माणको काम अघि नबढ्दा नागरिकले दुःख पाइरहेका छन् ।

विश्व बैंकको आर्थिक सहयोगमा गत आर्थिक वर्षदेखि मंगलापुरदेखि पाँच किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सक्ने गरी ५९ करोडमा शर्मा सगुन निर्माण कम्पन्नीले काम गरिरहेको छ । तर सोही सडक खण्डको बाँकी ४ किलोमिटर सडक कहिले बन्छ भन्ने जवाफ नगरप्रमुखसँग पनि छैन ।

सडककै कारण व्यापार व्यवसाय धरासायी बनेको छ । व्यवसायी पलायन हुन थालेका छन् । कालोपत्रे उप्काएको ६ वर्ष बितिसक्दा पनि सडक निर्माण हुन नसकेपछि स्थानीयले नगनगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । चर्चाका लागि बनिसकेको सडकमा वाईफाई जस्तो अनावश्यक खर्च गर्ने नगरपालिकाले भित्री सडकको व्यवास्था गरिरहे आन्दोलन गर्ने स्थानीयको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *