बुटवल उपमहानगरपालिकाले पहिरोको जोखिममा रहेका घरको बीमा गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १३ गते १६:५७
बुटवल उपमहानगरपालिकाले पहिरोको जोखिममा रहेका घरको बीमा गर्ने (भिडियो रिपोर्टसहित)

१३ चैत २०७९ रुपन्देही । बुटवल उपमहानगरपालिकाले पहिरोको जोखिममा रहेका घरको बीमा गर्ने भएको छ ।

उपमहानगरपालिकाको विपद ब्यवस्थापन समितिको बैठकले जोखिम क्षेत्रमा रहेका घरको पहिचान गर्ने र बीमा गर्ने निर्णय गरेको हो ।

उपमहानगरले बुटवलको मिलनपथ, ज्योतिनगर र पाखापानी क्षेत्रमा रहेका रहेका घरहरुको तथ्याङ्क संकलन गरेर बीमा गर्ने योजना बनाएको छ । त्यसका लागि सम्बन्धित वडा कार्यालय र टोल विकास संस्थाको रोहबरमा जोखिम क्षेत्रका घरको पहिचान, छानविन र तथ्याङ्क संकलन हुनेछ ।

समितिको बैठकले मिलनपथको लागि ५० लाख, ज्योतिनगरको लागि ३५ लाख, पाखापानीको लागि ७ लाख बजेट छुट्टाएर तत्काल बाँध निर्माण र खोल्सी सरसफाइको सुरु गर्ने निर्णय गरेको छ ।

यस्तै तिनाउ दानव नदी जोखिम क्षेत्रमा जनताको तटबन्धन कार्यक्रमबाट तटबन्धनको कामलाई तिव्रता दिने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *