खुलामञ्च

निःशुल्क खाना खुवाउने स्थान खुलामञ्चबाट थापाथली सारियो

३ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुँदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथलीस्थित प्रसुति गृह पछाडि सारिएको छ । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य...

महानगरले रोके पनि खुलामञ्चमा खाना खुवाइयो

२ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना...

मंसिर २ गतेदेखि खुलामञ्चसहित सार्वजनिक स्थालमा निःशुल्क खाना अभियान बन्द हुने

२१ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको खुलामञ्चलगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना अभियान आउँदो मंसिर २ गतेदेखि बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको...

खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई कांग्रेसको समर्थन

१९ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेको छ । कांग्रेसका नेताहरु खुलामञ्च नै पुगेर निःशुल्क खाना खुवाउने अभियानलाई समर्थन गरेका हुन् । कांग्रेसको कोभिड अनुगमन समितिका संयोजक समेत रहनुभएका सहमहामन्त्री प्रकाशशरण महतले...

खुलामञ्चमा खाना खुवाउन बन्द गरौं, यसले सित्तैमा खाने बानी बसाल्छः मेयर शाक्य (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको जोखिम बढ्दै जाँदा स्वास्थ्य सुरक्षाका मापदण्डसमेत पुरा नगरी खुलामञ्चमा निः शुल्क खाना खुवाउने अभियान जारी रहेको भन्दै व्यवस्थित...

बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने, रोक्न महानगरपालिकालाई चुनौती

१८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको छ। संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशन दिएको भन्दै साझा पार्टीले कडा आपत्ति...

प्रधानमन्त्री ओलीको बोली र खुलामञ्चमा दशैंका दिन लाम लागेका भोका पेटहरु (भिडियोसहित)

१० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्नुहुन्छ, कोही भोकै पर्दैन कोही भोकै मर्दैन । तर प्रधानमन्त्रीका दाबी र जनताले भोगेको वास्तविकता फरक छ । आज दशैंको टीकाको दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी झुटो...

लकडाउनमा रोजगारी गुमाएका नागरिकलाई खुलामञ्चमा टीका र दक्षिणसहित खाना

१० कात्तिक, २०७७ काठमाडौं । कोरोना र लकडाउनका कारण रोजगारी गुमाएका नागरिक दशैंको दिन पनि सडकमै खाना खोज्न बाध्य देखिएका छन् । काठमाडौंको खुलामञ्चमा आज पनि खाना खानेको भीड लागेको देखिएको छ । लक डाउन शुरु भएदेखि निःशुल्क खाना...

खानाका लागि खुलामञ्च पुगेकाको प्रश्नः भोको पेट कसरी निषेधाज्ञा पालाना गरौं सरकार ? (भिडियोसहित)

२२ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको तीन साता भइसक्यो । तर कोरोना संक्रमितको संख्या घटेको छैन । हरेक दिन संक्रमित र मृतकको संख्या बढिरहेको छ । अर्थात...

खुलामञ्चमा विपन्नलाई खाना, किन भयो झडप ? (भिडियोसहित)

१५ भदौ, २०७७, काठमाडौं । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि सबैभन्दा मारमा दैनिक ज्याला गरेर हातमुख जोड्नु पर्ने वर्ग परेका छन् । समस्यामा परेकालाई विभिन्न परोपकारी समूहले सहयोग पनि गरिरहेका छन । काठमाडौंको खुलामञ्चस्थित बसपार्कमा द हण्ड्रेड...