मंसिर २ गतेदेखि खुलामञ्चसहित सार्वजनिक स्थालमा निःशुल्क खाना अभियान बन्द हुने

२१ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको खुलामञ्चलगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना अभियान आउँदो मंसिर २ गतेदेखि बन्द हुने भएको छ ।
काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो ।
काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच आज भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनपछि वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।
खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भन्दै महानगरले हटाउन दबाब दिँदै आएको थियो ।
भाइटीकाको भोलिपल्टदेखि खाना खुवाउन बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा निःशुल्क खाना खुवाउने सहमति भएको छ ।
प्रतिक्रिया