Main News

काठमाडौंको खुलामञ्चमा बनाइएका संरचना हटाउन थालियो

हिमालय टिभी
२०७७ फागुन ५ गते १३:५९
काठमाडौंको खुलामञ्चमा बनाइएका संरचना हटाउन थालियो

५ फागुन २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ ।

खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए । दुवै भवन निर्माण सम्पन्न भए पनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन ।

काठमाडौँ महानगरले खुलामञ्चभित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

आज बिहानबाट महानगरले डोजर लगाएर त्यसभित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहनु भएका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताउनु भयो.।

खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेका चिनियाँ निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *