बुधबार खुलामञ्चमा साझा पार्टीले खाना खुवाउने, रोक्न महानगरपालिकालाई चुनौती

१८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरले खुलामञ्चमा खाना खुवाउने कार्यक्रम रोक्न निर्देशन दिएको भन्दै साझा पार्टीले विरोध गरेको छ।
संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशन दिएको भन्दै साझा पार्टीले कडा आपत्ति जनाएको छ ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएकाले सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्न पनि साझा पार्टीले माग गरेको छ ।
प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा नागरिकस्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको उल्लेख छ ।
साझाले बुधबार बिहान र बेलुकी खुलामञ्चमा खाना खुवाउने पनि जानकारी दिँदै कसले रोक्दो रहेछ हेरौं भनेर चुनौती दिएको छ ।
प्रतिक्रिया