Main News

खुलामञ्चमा विपन्नलाई खाना, किन भयो झडप ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ १५ गते २१:०२
खुलामञ्चमा विपन्नलाई खाना, किन भयो झडप ? (भिडियोसहित)

१५ भदौ, २०७७, काठमाडौं । कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि सबैभन्दा मारमा दैनिक ज्याला गरेर हातमुख जोड्नु पर्ने वर्ग परेका छन् ।

समस्यामा परेकालाई विभिन्न परोपकारी समूहले सहयोग पनि गरिरहेका छन । काठमाडौंको खुलामञ्चस्थित बसपार्कमा द हण्ड्रेड समूहले विपन्नलाई खाना खुवाउँदै आएको छ । तर यसमा पनि अवरोध गर्ने कोशिस भएको छ ।

दिउँसो साढे तीन बजेतिर हामी खुलामञ्च पुग्यौं । नयाँ बसपार्क सारिएको यो ठाउँमा मान्छेहरु यत्रतत्र छरिएर बसेका थिए । माहोल केही तातेको जस्तो देखिन्थ्यो ।

खाना खुवाउने ठाउँमा यस्तो दृष्य देखिनुको कारण के हो भनेर हामी बुझ्नतिर लाग्यौं । त्यहाँ खाना खुवाउने द हण्ड्रेड समूहको काममा केही युवाले अवरोध गर्ने कोशिस गरे ।

यहीबीचमा द हण्ड्रेडका खाना बोकेर आइपुगे । एकैछिनमा प्रहरी त्यहाँ आइपुग्यो । त्यसपछि थाहा भयो, बसपार्कमा अड्डा जमाएर बस्ने केही उच्श्रृङ्खल युवा यो अभियानमा बाधा पुर्‍याइरहेका थिए । प्रहरी आउने वित्तिकै झडप भयो । र, प्रहरी पनि एक्सनमा आयो ।

आधा घण्टापछि विवाद साम्य भयो । यता झगडा भैरहँदा पनि सयौं मान्छे खाना पर्खेर बसिरहेका थिए । विवाद साम्य भएपछि उनीहरुले खाना पाए ।

द हण्ड्रेड समूहले लकडाउन सुरु भएदेखि दैनिक ज्यालादारीमा जिवीकोपार्जन गर्दै आएकालाई खाना खुवाइरहेको छ । देशविदेशमा रहने मनकारीको सहयोगमा सेवा भैरहेको छ । तर, सेवा गर्दा पनि अवरोध भएकोमा उनीहरुको चित्त दुखाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *