आर्थिक

फेरि बढ्यो डिजेल र मट्टितेलको मूल्य

हिमालय टिभी
२०७९ भदौ १७ गते ८:१०
फेरि बढ्यो डिजेल र मट्टितेलको मूल्य

१७ भदौ २०७९ काठमाडौं । डिजेल र मट्टितेलको मूल्य फेरि बढेको छ ।

गएराति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल प्रतिलिटर समान १७८ रुपैयाँ पुगेको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *