आर्थिक

६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुने दाबी

हिमालय टिभी
२०७९ वैशाख २४ गते १८:१७
६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुने दाबी

२४ वैशाख २०७९ काठमाडौं । अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले चालू आर्थिक वर्षमा ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल हुने बताउनुभएको छ ।

काठमाडौंमा आज प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उप्रेतीले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेकोभन्दा बढी हुने दाबी गर्नुभयो ।

कार्यक्रममा अर्थविद् डा। चन्द्रमणि अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषिको योगदान १५ प्रतिशतमा झरे मुलुकमा ठूलो आर्थिक दुर्घटना हुने बताउनुभयो ।

उहाँले यस्तो अवस्था आउन नदिन सरकारले आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई प्रमुख प्राथमिकता राखेर बजेट ल्याउनुपर्ने बताउनुभयो ।

अर्थ राजनीतिक विश्लेषक हरि रोक्काले मुलुकको पूँजीगत खर्च गर्ने निकायहरु नै काम गर्न लायक नभएको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि संरचना नै परिर्वतन गरेर नयाँ बनाउनुपर्ने बताउनुभयो ।

कोरोना महामारीकोबीचमा अत्याधिक रेमिटेन्स नेपाल भित्र्यिएकाले बजारमा तरलता सहजताका कारण उत्पादन भन्दा बाहिरका क्षेत्रमा लगानी बढ्दा अर्थतन्त्रमा समस्या देखिएको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *