आर्थिक

नेप्सेमा हरियाली, नेष्डोको शेयरमा लगातार सर्किट

२०७९ वैशाख ६ गते १८:०८
नेप्सेमा हरियाली, नेष्डोको शेयरमा लगातार सर्किट

६ वैशाख २०७९ काठमाडौं । धेरैपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सधै‌ राताम्ये हुने शेयर बजारले हरियो रङ देखाउँदा पनि लगानीकर्ता खुसी हुने वातावरण बनेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको हो । कूल १३.३७ अङ्कले उकालो लागेर नेप्से दुई हजार ३५७.२४ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अङ्कले उकालो लागेर ४४७.७६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने बढ्न सकेन । कूल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर रु एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.०३, व्यापार ०.८७, होटल तथा पर्यटन ३१.१४, विकास बैंक ३२.८९, जलविद्युत् ११.२४, वित्त ७.८६, निर्जीवन बीमा ६२.४४, उत्पादन २४.६२, अन्य १९.४५, लघुवित्त ३३.१९, जीवन बीमा ९७.६६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.४ अङ्कले उकालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ८३ करोड ५३ लाख ६४ हजार ९९२ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ३० लाख ६७ हजार ३८५ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु चार करोड ३५ लाख ९० हजार ५७२, महालक्ष्मी विकास बैंक रु तीन करोड ८३ लाख २१ हजार, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ५५ लाख ७३ हजार ३६९ र अपि पावर कम्पनी रु तीन करोड ३८ लाख ४४ हजार ४८१ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।

हरियाली छाएको बजारमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । मेगा म्युचुअल फण्ड एक ५.४२, शिवश्री हाइड्रोपावर ४.२९ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले कमाए ।

त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.८२, कालिका लघुवित्त वित्तीय संस्था ३.६४, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, एनआइसी एशिया ब्लालेन्स फण्ड २.४१ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले २.३८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्