नेपाल विद्युतमा आत्मनिर्भर भएकै हो त ?
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले गएको वर्ष बिजुली बेचेर १७ अर्ब ६ करोड रुपैयाँ कमायो । घरमा लोडसेडिङ पनि भएको छैन, बर्खायाममा त बिजुली खेर गएको समाचार पनि आउँछ ।
यो सुन्दा तपाईलाई लाग्दो हो नेपाल बिजुलीमा आत्मनिर्भर भएछ, तर होइन । नेपाल अझै विद्युतमा परनिर्भर नै छ । त्यो परनिर्भरता हटाउन अझै १० वर्ष लाग्छ ।
जलविद्युतमा हाँसिल उपलब्धीहरु
कुल विद्युत उत्पादन : ३,१५७ मेगावाट
जलविद्युत : २,९९१ मेगावाट
थर्मल उर्जा : ५३ मेगावाट
सौर्य उर्जा : १०७ मेगावाट
वायोमास उर्जा : ६ मेगावाट
कुल राष्ट्रिय माग ः १,९२९ मेगावाट
निर्यात : दैनिक ७०० मेगावाट
निर्माणधिन आयोजना : ४,२५२ मेगावाट (विभिन्न चरणमा)
विद्युत खरिद बिक्री सम्झौता (पिपिए) को पखाईमा : १२,००० मेगावाटका आयोजना
कुल विद्युतीयकरण ९९ प्रतिशत
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत उत्पादन र वितरण अब गर्व गर्ने ठाउँमा पुगेको मिठो वक्तव्य दिनुभयो । के कार्यकारी निर्देशक घिसिङले भनेझैं नेपाल अब विद्युतमा गर्व गर्ने ठाउँमा पुगेको हो त ?
गत वर्ष बर्खायाममा नेपालले १ अर्ब ९५ करोड युनिट अर्थात १७ अर्ब ६ करोडको बिजुली भारतलाई बेच्यो । सँगै हिउँदमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात १७ अर्ब ६ करोडको बिजुली बेच्यो । खरिद भन्दा बिक्री बढी गरेपनि जलविद्युतमा नेपालको परनिर्भरता भने हटेको छैन । र त्यो हट्न अझै १० वर्ष लाग्ने उर्जा उत्पादकहरु बताउँछन् ।
हाम्रो अधिकांश जलविद्युत आयोजना नदिप्रवाहमा आधारित भएकाले बर्खायाममा विद्युत उपयोगको चुनौती रहेपनि हिउँदमा भने उत्पादन कुल क्षमताको ४० प्रतिशतभन्दा कम हुन्छ । अहिले ३१ सय मोगावाट जडित क्षमता भएपनि हिउँदमा १ हजार मेगावाटको हाराहारीमा मात्र हुने भएकाले भारतबाट आयात गर्नुपर्ने अवस्था छ । तर भारतलाई अहिले नै ९४१ मेगावाट निर्यातको अनुमति पाएको र आगामी १० वर्षमा १० हजार मेगावाट किनिदिन्छु भन्ने सम्झौता गरेकाले हौसिएको मात्र छ । त्यो उत्पादन कसरी बढाउने भन्ने कुनै योजना छैन । जसले गर्दा उर्जा उत्पादकहरु निराश छन् ।
नेपालमा अहिले नै ९९ प्रतिशत विद्युतीकरण भएको सरकारी तथ्यांक छ । तर त्यो घरमा बिजुली बत्ती बाल्नका लागि मात्रै हो र त्यो पनि भरपर्दो र गुणस्तरीय बिजुली नागरिकले पाउँन सकेका छैनन । झ्याप्प झ्याप्प बत्ती जाने समस्या बर्खायाममै भोग्नु परेको छ।
औद्योगिक क्षेत्रमा त हिउँदमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ।
तर सरकार भने आगामी दुई वर्षभित्र शत प्रतिशत नेपालीका घरमा बिजुली पुर्या उने कार्यक्रमको घोषणा गरेर बसेको छ । गुणस्तरीय आपूर्तिका लागि निर्माण गर्नुपर्ने पूर्वाधारमा सरकारको कुनै जोड छैन । त्यो त परको कुरा पूर्ण आत्मनिर्भर पनि कहिले र कसरी बन्ने भने कुनै योजना छैन । केबल बर्खायाममा खेरा जाने बिजुली बेचेरको तथ्यांक र आएको पैसा हेरेर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकार रमाएर मात्रै बसेको छ।
।
प्रतिक्रिया