Main News

वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्नेमा मन्त्री किरातीको जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० माघ १३ गते १४:४६
वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्नेमा मन्त्री किरातीको जोड (भिडियो रिपोर्टसहित)

१३ माघ २०८० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताउनु भएको छ ।

सिनामंगलमा निगमको प्रधान कार्यालय भवनको शिलान्यासमा पर्यटनमन्त्री किरातीले इमान्दार भएर काम गरे एक वर्षमै निगमको मुहार फेरिने टिप्पणी गर्नुभयो ।

निगम अन्तर्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएको भन्दै मन्त्री किरातीले आजदेखि निगमको गाडीमा गेयर चेञ्ज भएकाले स्पिडमा काम अघि बढ्ने विश्वास दिलाउनुभयो ।

आफू मन्त्री भएपछि गरेको एक वर्षको कामले कछुवाको गतिमा भए पनि निगमलाई राम्रो र व्यवस्थित बनाउन सकेको मन्त्री किरातीको दाबी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *