आर्थिक

चियाको राजधानी सिस्नो र गुन्द्रुक पनि (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १४ गते २०:३४
चियाको राजधानी सिस्नो र गुन्द्रुक पनि (भिडियो रिपोर्टसहित)

१४ कात्तिक २०८० इलाम । चियाको राजधानी भनेर परिचय पाएको इलाममा पछिल्लो समय गुन्द्रुक र सिस्नु पनि प्रख्यात हुन थालेको छ । जिल्लाको रोङ गाउँपालिकाले गुन्द्रुक र सिस्नोको ब्राण्डिङ गरी बजार पठाउन सफल भएपछि यसको पहिचान बन्दै गएको हो ।

सुरुमा आधुनिक मेसिनबाट गुन्द्रुक उत्पादन र ब्राण्डिङ गरेको रोङले अहिले सिस्नोको उत्पादन र बजारीकरण गर्न थालेको छ । स्थानीय खोलाखोल्सा, भीरपाखामा पाइने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि पालिकाले सिस्नोको चिया र डस्ट पनि बजारमा पठाउन थालेको हो ।

इलामको रोङ गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित कच्चा पद्धार्थ प्रयोग गरेर खाद्यान्न उत्पादन गर्ने काम अघिल्लो वर्ष सुरु गरेको थियो । गाउँपालिकाले सुरुमा गुन्द्रुक उत्पादन गरेर विक्री गर्‍यो । अत्याधुनिक प्रविधिबाट गुन्द्रुक उत्पादन हुँदा गुणस्तर राम्रो भयो । उपभोक्ताले रोङको गुन्द्रुक मन पराएपछि अहिले रोङले सिस्नुको उत्पादन सुरु गरेको छ ।

स्वीस सरकार र स्थानीय देवानछाप कृषि साना किसान सहकारीसंगको सहकार्यमा करिब दुई करोडको योजनामा काम हुँदैछ । किसानका बारीमा खेर गइरहेको साग सङ्कलन गरी प्रशोधन गरेर गुन्द्रुक उत्पादन र सिस्नो प्रशोधन गरेर चिया र ड्रष्ट तयार गर्दै आएको छ । ‘रोङ गुन्द्रुक’ र ‘रोङ सिस्नो’ नामले ब्रान्डिङ गरेर नेपालका प्रमुख शहरहरुमा पठाउन थालिएको छ ।

स्वास्थ्यका लागि फाइदाजनक गुन्द्रुक र सिस्नुलाई गुणकारी खाद्यवस्तु मानिन्छ । स्थानीय बिरीङभ्याली अग्र्यानिक चिया उद्योगमा गुन्द्रुक र सिस्नोको प्रशोधन गरिँदै आएको छ । सोही उद्योगमा चिया समेत प्रशोधन गरिन्छ । वर्षमा उक्त उद्योगबाट दुई हजार केजी गुन्द्रुक र पाँचसयदेखि एकहजार केजीसम्म सिस्नो उत्पादन गर्न सकिन्छ ।

खेर गइरहेको बस्तुलाई पालिकाले कृषकहरुको जीबिकोपार्जनसँग जोडिदिएपछि स्थानीय कृषक पनि खुसी छन् । उनीहरुले साग र सिस्नोको व्यवसायिक खेती समेत सुरु गरेका छन् ।

कच्चा पदार्थको सहज उपलब्धता र उच्च मागका कारण सिस्नो ब्राण्डिङ कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । यहाँको उत्पादन विदेशमा समेत पठाउने तयारी गाउँपालिकाको छ । गाउँपालिकाले ६ वटै वडामा ड्रायर प्लान्ट स्थापना गर्ने तयारी गरेको छ । यसबाट पालिकामा उत्पादन हुने १० देखि १५ वस्तुलाई बजारीकरण गर्ने योजना छ ।

पालिकाले सबै वडामा प्लान्ट स्थापना गरेपछि करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । अहिले भने १५–१६ जनाले उद्योगमा काम गरिरहेका छन् । सिमित परिमाणमा उत्पादन गरिरहेको किसानको उत्पादन बजारसम्म पुग्न नसक्दा किसान कृषि पेशाबाट पलायन हुने अवस्थामा थिए । अहिले सानो उत्पादन पनि गाउँपालिकाले नै बजारसम्म पुर्‍याइदिने भएकाले किसान उत्साहित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *