खेलकूद

जापानलाई पराजित गर्दै नेपाल यू–१९ एसिया कपमा प्रवेश

हिमालय टिभी
२०८० कार्तिक ४ गते १५:००
जापानलाई पराजित गर्दै नेपाल यू–१९ एसिया कपमा प्रवेश

४ कात्तिक २०८० काठमाडौं । जापानलाई पराजित गर्दै नेपाल अन्डरनाइन्टिन एसिया कप क्रिकेटमा स्थान बनाएको छ ।

आज मलेसियाको बायुमास ओभलमा भएको एसीसी अन्डर नाइन्टिन प्रिमियर कप क्रिकेटमा जापानलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको नेपालले एसिया कपमा स्थान पक्का गरेको हो ।

समूह एको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले समूह डीको विजेता जापानलाई १ सय ४४ रनले पराजित गर्‍यो ।

बिहान सवा ७ बजे सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । तर २५ ओभरमा १ सय ४० रन जोड्दा खेल वर्षाले प्रभावित भएपछि डीएलएस मेथडमा लगिएको थियो ।

डिएसएल मेथडमा जापानले १ सय ८७ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा आएको जापानलाई नेपालले ११ दशमलब ५ ओभरमा ४३ रनमा अलआउट गर्दै फाइनलमा स्थान बनायो ।

यो सँगै प्रिमियर कपमा शीर्ष तीनमा पर्ने टोलीअन्तर्गत नेपालले एसिया कपमा स्थान बनायो । नेपालले उपाधिका लागि सिंगापुर र युएईबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्