खेलकूद

थ्री नेसन्स क्रिकेट शृंखलामा नेपालको विजयी शुरुवात, यूएई सात विकेटले पराजित

हिमालय टिभी
२०८० कार्तिक १ गते १७:३३
थ्री नेसन्स क्रिकेट शृंखलामा नेपालको विजयी शुरुवात, यूएई सात विकेटले पराजित

१ कात्तिक २०८० काठमाडौं । यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले त्रिकोणात्मक टी-ट्वेन्टी श्रृंखलामा सुखद सुरुवात गरेको छ ।

मुलपानी माथिल्लो मैदानमा क्रिकेट मैदानमा आज भएको खेलमा १४१ रनको लक्ष्य नेपालले १८ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित कुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले अविजित १२९ रनको साझेदारी गर्दै जित दिलाए ।

पौडेल ५१ र ऐरी ३४ रनमा अविजित रहे । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए ।

अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालका लागि करण केसीले ३ विकेट लिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक–एक विकेट लिए। शृंखलामा नेपाल र युएईसँगै हङकङ छन् ।

तीनै देशले एक अर्कासँग खेल्नेछन् । तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको हिमालय टेलिभिजन एचडीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्