खेलकूद

एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले निकायो पहिलो जित

हिमालय टिभी
२०८० असोज २९ गते ८:२२
एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले निकायो पहिलो जित

२९ असोज २०८० काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले पहिलो जित निकालेको छ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको हो। अफगानिस्तानले पहिलो पटक इङ्ल्यान्डमाथि जित निकालेको हो।

अफगानिस्तानले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४० दशलमव ३ ओभरमा २ सय १५ रनमा समेटियो। इङ्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान गरे।

अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले समान तीन, मोहम्मद नाबीले दुई विकेट लिए । टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनायो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक ८० रन बनाए । इङ्ल्यान्डका लागि आदिल राशिदले तीन,मार्क उडले दुई विकेट लिए । यो नतिजासँगै दुवै टोलीको तीन खेलबाट समान दुई अंक भएको छ। विश्वकप क्रिकेट अन्तर्गत आज श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्