खेलकूद

एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वार्टरफाइलबाटै बाहिरियो

हिमालय टिभी
२०८० असोज १६ गते १२:५९
एसियाली खेलकुदको क्रिकेटमा नेपाल क्वार्टरफाइलबाटै बाहिरियो

१६ असोज २०८० काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा भारतसँग पराजित भएपछि नेपाल क्वार्टरफाइलबाटै बाहिरिएको छ ।

२ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रन बनाउँदा सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

कुशल भुर्तेलले २८, आशिफ शेख १०, सोमपाल कामी ७, गुल्सन झा ६ रनमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे। भारतका रवि विस्नोइ र अवेश खानले​ ३३ विकेट लिए अर्शद्वीप सिंहले २ र साई किशोरले १ विकेट लिए।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।

भारतका लागि यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेले । रिंकु सिंहले अविजित ३७, शिवम दुबेले अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १र१ विकेट लिए। नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउँदा भारतले सिधै क्वार्टफाइनल खेलेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्