खेलकूद
एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने
२०८० असोज १५ गते १३:२५

१५ असोज २०८० काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।
आज भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारत प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतको खेल भोलि हुने छ ।
अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।
भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा रहेकाले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।
प्रतिक्रिया