खेलकूद
भुटानलाई हराउँदै पाकिस्तान यु–१९ साफ फुटबलको फाइनलमा
२०८० असोज १० गते १६:३६
१० असोज २०८० काठमाडौं । भुटानलाई सडनडेथमा पराजित गर्दै पाकिस्तान साफ अण्डन नाइन्टिन च्यम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
पेनाल्टीमा पाकिस्तान ६–५ ले विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुने नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पाकिस्तान समूह ‘ए’ को विजेता तथा भुटान समूह‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए । पहिलो पटक फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल विजेतासँग खेल्नेछ ।
नेपाल र भारतबीचको खेल केहिबेरमा सुरु हुँदैछ । फाइनल शनिबार हुनेछ ।
प्रतिक्रिया