खेलकूद

प्रिमियर लिगमा लिभरपुलको शानदार जित

हिमालय टिभी
२०८० असोज ८ गते ८:४९
प्रिमियर लिगमा लिभरपुलको शानदार जित

८ असोज २०८० काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्याममाथि शानदार जित निकालेको छ ।

गएराति एनफिल्डमा लिभरपुलले वेस्ट ह्याममाथि ३–१ को जित निकालेको हो । लिभरपुरका लागि मोहमद सलाह, नुनेज र जोटाले एक एक गोल गरे ।

पाहुना टोलीका लागि जारोड बोबेनले एक गोल फर्काए । जितसंगै लिभरपुलले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पुर्याएको छ । लिभरपुलले ६ खेलबाट १६ अंक बनाएको छ । वेस्ट ह्यामको १० अंक छ ।

अर्को खेलमा आर्सनलले टोटनहमसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । खेलको २६ औं मिनेटमा रोमेरोको आत्मघाती गोलमा आर्सनलले अग्रता बनाएको थियो ।

अर्को गोल बुकायो साकाले पेनाल्टीमार्फत गरे । टोटेनहमका लागि सन ह्युङ मिनले दुई गोल गरे । बराबरीसँगै आर्सनल र टोटनहम ६ खेलबाट समान १४ अंक जोडका छन् ।

गएरातिकै अर्को खेलमा चेल्सी एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो । ५८ औं मिनेटमा मालो गुस्टो रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको ७३ औं मिनेटमा वली वाटकिन्सले गोल गर्दै पाहुना टोलीलाई महत्वपुर्ण जित दिलाए ।जितसंगै एस्टनको ६ खेलबाट १२ अंक भएको छ । चेल्सीको ५ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्