खेलकूद

क्रिकेट संघ (क्यान)को चुनावी साधारण सभा काठमाडौंमा शुरु

हिमालय टिभी
२०८० असोज ५ गते १५:४३
क्रिकेट संघ (क्यान)को चुनावी साधारण सभा काठमाडौंमा शुरु

५ असोज २०८० काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको चुनावी साधारण सभा काठमाडौंमा शुरु भएको छ ।

भोलिसम्म चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कोषाध्यक्ष रोशन सिंह लगायतले दाबी गरेका छन् ।

नयाँ नेतृत्वमा सहमति जुटाउन सबै जना आन्तरिक गृहकार्य र लबिङमा छन् । सहमतिमा नेतृत्वको चयन गर्ने गरि तिन वटै पक्षले जोड गरिरहेका छन् ।

खड्काले अध्यक्षमा उम्मेदवारी दिन्छन् वा चन्दसँग मिलेर प्यानल सहित सचिव पदमा आफुलाई सुरक्षित गर्छन् भन्ने चासो छ ।

वर्तमान अध्यक्ष चन्द दोस्रो तथा अन्तिम कार्यकालमा खड्कासँग मिलेर काम गर्छन् वा पुरानै समूहसँग मिलेर पारसलाई बाहिर राख्छन् भन्ने चासो पनि अर्कोतिर छ । ७ सदस्यीय कार्यसमिति छान्न ८६ जनाले मतदान गर्नेछन्।

यसैबीच, क्यानको अधिवेशनको उद्घाटन सत्रका क्रममा नेपाली क्रिकेटका पहिलो ब्याचको टोलीका खेलाडीलाई सम्मान गरिएको छ। क्यानले सन् १९९६ का तत्कालीन कप्तान उत्तमकुमार कर्माचार्यसहितका खेलाडीलाई सम्मान गरेको हो। कार्यक्रममा तत्कालीन प्रशिक्षक सुलोचकुमार भट्टराईलाई पनि क्यानले सम्मान गरेको छ।

पहिलो ब्याचका खेलाडीहरु लेखबहादुर क्षेत्री, मनीषराज पाण्डे, वसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, सञ्जय गुरुङ, किरण शमशेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, पुकार पन्त, मुशरफ इजाहर, विशाल गुप्ता र रितेश बराललाई दोसल्लासहित सम्मान पत्र दिइएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्