खेलकूद
रियल मड्रिडको शतप्रतिशत जितको नतिजा कायमै
२०८० असोज १ गते ९:४७

१ असोज २०८० काठमाडौं । स्पेनिस लिगमा रियल मड्रिडले शतप्रतिशत जितको नतिजा कायमै राखेको छ ।
गएराति भएको खेलमा रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै रियल मड्रिडले जित निकालेको हो । रियल मड्रिडको जितमा फरवार्ड जोसुलु र बारेनेटसियाले एक एक गोल गरे ।
रियल सोसिडाडका तर्फबाट भाल्भर्डेले एक गोल गरे । जितसंगै तालिकाको शीर्ष स्थानमा उक्लिएको रियल मड्रिडको ५ खेलबाट १५ अंक भएको छ । सोसिडाड ६ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
गएरातिका अन्य खेलहरुमा गेटाफेले ओसासुनालाई ३–२ ले, भिल्लारियाले अल्मेरियालाई २–१ तथा सेभियाले लास पालामासलाई १–० ले पराजित गर्यो ।
प्रतिक्रिया