खेलकूद

एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

हिमालय टिभी
२०८० भदौ ३१ गते १३:११
एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

३१ भदौ २०८० काठमाडौं । एसिया कपको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

कोलम्बोको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । एसिया कप २०२३ को फाइनल भारतका लागि एसियाली क्षेत्रमा आफ्नो वर्चश्व कायमै राख्ने अबसर हो । एसिया कपमा सर्वाधिक धेरै पटकको च्याम्पियन भारत उपाधिमा अग्रता बढाउने लक्ष्यमा छ ।

यसअघिका १५ संस्करणसम्म १० पटक फाइनल खेलेको भारतले ७ पटक उपाधि नै जित्यो । बाँकी ३ पटकको फाइनलमा उ श्रीलंकासँग नै पराजित भएको थियो । भारतपछि एसिया कपमा धेरै उपाधि श्रीलंकाको नाममा छ । श्रीलंकाले १२ पटक फाइनल खेल्दा ६ पटक उपाधिनै जित्यो ।

त्यसैले यस पटक घरेलु मैदानमा भारतलाई हराउँदै श्रीलंकासामु उपाधिको कीर्तिमान बराबरी गर्ने मौका समेत हुनेछ । १० संस्करणसम्म लगातार फाइनल पुगेको श्रीलंका ५ पटक त भारतबाटै पराजित भयो । त्यसैले यस पटक एक अर्कालाई लिएर दुवै टोली चनाखो देखिन्छन ।

यस संस्करणसहित ५ पटक एसिया कप आयोजना गर्दा श्रीलंका सबैमा फाइनलसम्म पुगेको छ । जसमा अघिल्ला ४ मध्ये ३ संस्करण उसले उपाधि जित्यो । १० औं संस्करण छोड्ने हो भने भारतका लागि श्रीलंकी भुमिमा सुखद नतिजा आउन सकेको छैन् ।

यस पटक सुपर फोरमा यि दुईबीच भएको खेलमा भारत ४१ रनले विजयी भएको थियो । सुपर फोरमा समान ४(४ अंक जोड्दै नेट रन रेटको आधारमा भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

एक दिवसिय अन्तर्राष्ट्रियमा यि दुईबीच अहिलेसम्म १ सय ६६ खेल हुँदा भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ । बाँकी १२ मध्ये ११ खेल नतिजा विहिन बन्दा १ खेल बराबरी भएको छ ।

एसिया कपमा यि दुईले एक आपसमा २१ पटक खेल्दा भारतले १० पटक र श्रीलंकाले ११ खेल जितेको छ । पछिल्लो पटक गत संस्करण भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्