खेलकूद

एसिया कप क्रिकेटमा बंगलादेश विजयी, भारत ६ रनले पराजित

हिमालय टिभी
२०८० भदौ ३० गते ७:३२
एसिया कप क्रिकेटमा बंगलादेश विजयी, भारत ६ रनले पराजित

३० भदौ २०८० काठमाडौं । एसिया कपको सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसंग पराजित भएको छ ।

श्रीलंकको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट रंगशालामा भारत ६ रनले पराजित भएको हो । बंगलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भयो ।

भारतका लागि ओपनर शुभमन गिलले १ सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८० रनको अर्धशतकीय ईनिङस् खेले ।

टोहिद हृदयले ५४ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए । हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगिसकेको छ । भारतले उपाधिका लागि भोलि घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्