खेलकूद

१९ औं एसियाली खेलकुदका नेपाली क्रिकेट टोलीको घोषणा

हिमालय टिभी
२०८० भदौ २९ गते १७:०५
१९ औं एसियाली खेलकुदका नेपाली क्रिकेट टोलीको घोषणा

२९ भदौ २०८० काठमाडौं । अर्को साता चीनको हाङझावमा शुरु हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । ट्वेन्टी( ट्वेन्टी फर्म्याटमा हुने प्रतियोगिताका लागि विकेटकिपर विनोद भण्डारीले २ वर्षपछि पुनरागमन गरेका छन् ।

खराब फर्मका कारण सन् २०२१ मा नेदरयान्ड्सविरुद्धको ट्वेन्टी( ट्वेन्टीदेखि भण्डारी टोलीबाहिर थिए । एकदिवसीय क्रिकेटमा भने उनी २०२२ को जुलाईदेखि टोलीमा छैनन् । भण्डारीसँगै फास्ट बलर अभिनाश बोहोरा र अलराउन्डर विवेक यादवले पनि ट्वेन्टी( ट्वेन्टी टोलीमा पुनरागमन गरेका छन् ।

पुराना खेलाडीले स्थान सुरक्षित गर्दा एसिया कपका लागि टोलीमा रहेका भीम सार्की, आरिफ शेख, किशोर महतो, अर्जुन साउद र श्याम ढकाल बाहिर परे । असोज ६ गतेदेखि हुने एसियन गेम्स अन्तर्गत क्रिकेटका खेलहरु असोज १० गते शुरु हुनेछ । समुह ए मा नेपालसँगै मंगोलिया र माल्दिभ्स छन ।

नेपालले आफ्नो पहिलो खेल १० गते मंगोलियासँग खेल्नेछ । समुह चरणको शीर्ष स्थानमा रहने टोली क्वाटरफाइनल प्रवेश गर्नेछ । आईसिसीका पूर्ण सदस्य भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले भने सिधै क्वाटरफाइनलबाट खेल्नेछन ।

यसैबीच एसिसी अण्डर नाइन्टिन प्रिमियर कप खेल्ने २४ सस्दयीय प्रारम्भिक नेपाली टोली घोषणा भएको छ । प्रतियोगिता मलेसियामा असोज २५ गतेदेखि कार्तिक ७ गतेसम्म चल्नेछ ।

१६ एसोसिएट टोली सहभागी प्रतियोगिताको शीर्ष ३ टोली डिसेम्बरमा हुने अण्डर नाईन्टिन एसिया कपका लागि छानिने छन । नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेविया र ईरान छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्