खेलकूद

एसियाकप क्रिकेट : टस जितेर भारतले रोज्यो फिल्डिङ

हिमालय टिभी
२०८० भदौ १८ गते १५:०३
एसियाकप क्रिकेट : टस जितेर भारतले रोज्यो फिल्डिङ

१८ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा भारतले नेपालविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दैछ ।

श्रीलंकको क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको हो । नेपाल अहिले ब्याटिङमा छ ।

भारतविरुद्ध नेपालले पहिलो खेलको टोलीबाट सुरुवाती ११ मा १ खेलाडी परिवर्तन गरेको छ । पाकिस्तानविरुद्ध सुरुवाती ११ मा खेलेका आरिफ शेखको स्थानमा भिम सार्कीलाई मौका दिइएको छ ।

अन्य खेलाडीमा भने कुनै परिवर्तन गरिएको छैन् । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले हारेको थियो । पाकिस्तानसँगै भएको खेलमा वर्षा बाधक बनेपछि भारतले ११ अंक बाँडेको थियो ।

यससँगै पाकिस्तान समुह ए बाट सुपर फोरमा पुगिसकेको छ भने भारतको १ अंक छ । आजको खेलमा विजयी वा अंक बाँडेको खण्डमा भारत सुपर फोरमा पुग्ने छ । अर्को चरणमा पुग्न नेपाललाई जितको विकल्प छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्