खेलकूद

एसिया कप क्रिकेटमा नेपाल र भारत भिड्दै

हिमालय टिभी
२०८० भदौ १८ गते १४:३८
एसिया कप क्रिकेटमा नेपाल र भारत भिड्दै

१८ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे खेल शुरु हुनेछ । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल भारतविरुद्ध पहिलो पटक खेल्न पाएको अवसर सदुपयोग गर्ने योजनामा छ । भारतविरुद्ध हार वा खेल रद्ध भएमा नेपाल समूह चरणबाट बाहिरिनेछ । यदि नेपालले अप्रत्यासित नतिजा निकालेमा भने भारत समूह चरणबाट बाहिरिनेछ ।

नेपाल र भारतबीचको खेलमा वर्षा हुने सम्भावना पनि छ । पल्लेकेले मैदानमा यसअघि गत शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले पटक पटक प्रभावित हुँदा दुवैले अंक बाँडेका थिए ।

भारतले पहिलो इनिङ्समा ब्याटिङ गरे पनि दोस्रो इनिङ्स वर्षाकै कारण हुन सकेन । आजको खेलमा जसप्रति बुमराहले नेपालविरुद्ध खेल्ने छैनन् । उनी व्यक्तिगत कारणले मुम्बई फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुफर फोर चरणमा भने उनी श्रीलंका जाने बताइएको छ ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ए मा परेको थियो । बुधबार मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्