खेलकूद

म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली घोषणा

हिमालय टिभी
२०८० भदौ १७ गते १७:२८
म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली घोषणा

१७ भदौ २०८० काठमाडौं । म्यानमारसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यी टोली घोषणा गरेका हुन् । नेपालले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा हुनेछ । यो मैत्रीपूर्ण खेल फिफा विन्डो अन्तर्गत खेल्न लागिएको हो । नेपालले विश्वकप तथा एसिया कप छनोटको प्रारम्भिक चरणमा अक्टोबर १२ र १७ मा लाओसको सामना गर्दैछ ।

प्रारम्भिक टोलीबाट अनिष देउला, विमल पाण्डे, देवेन्द्र तामाङ, सिमान्त थापा, अन्जल महर्जन, विवेक पौडेल, सन्तोष कार्की, कुशल फुयाल, विशाल तामाङ र विमल घर्ती मगर बाहिरिएका छन् ।

यसैगरी गरी हिसुब थपलियाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । नेपाली टोलीमा किरणकुमार लिम्बु, अभिषेक बराल, दिप कार्की, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा, अन्जन राई छन् ।

यस्तै एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई प्रारम्भिक टोलीमा परेका छन् । यस्तै आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, , जिलेस्पीजंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया टोलीमा समावेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्